अनेरास्ववियुको २३ औं महाधिवेशनमा १५ सय ७३ प्रतिनिधि सहभागी हुने
काठमाडाैं | माघ २९, २०७९
काठमाडौं: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३ औं महाधिवेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी हुने भएका छन्।
अनेरास्ववियुले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् फागुन २ देखि ४ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा महाधिवेशन हुने गरी सबै तयारी पुरा भएको जानकारी गराएको हो।
यसका लागि संगठनका अध्यक्ष सुनिता बरालको अध्यक्षामा रहेको मुल व्यवस्थापन समिती र विभिन्न उपसमितिमार्फत् तयारीको काम अघि बढेको जनाइएको छ।
महाधिवेशनमा देशभरका ७७ जिल्लाका मावि कमिटी, पालिका कमिटी र जिल्ला कमिटीको प्रतिनिधित्व हुने गरी जिल्ला तहका सम्पूर्ण कमिटी, आठ वटा विश्वविद्यालय राष्ट्रिय कमिटी, सीटीईभीटी राष्ट्रिय कमिटी र क्लब गरेर ११ वटा विश्वविद्यालयको प्रतिनिधित्व हुने जनाइएको छ।
यसैगरी, स्ववियु निर्वाचन हुने ४४१ वटा क्याम्पस कमिटी, विषेश प्रदेश सहित आठ वटा प्रदेश कमिटी, सात वटा भौगोलिक प्रदेश सम्पर्क कमिटी, छ वटा केन्द्रीय सम्पर्क कमिटी र केन्द्रीय कमिटीमा रहेका सम्पूर्ण सदस्य रहेको आयोजक कमिटीसहित विभिन्न कमिटीको प्रतिनिधित्व हुने गरी समावेसी र समानुपातिक हिसाबले सबै प्रतिनिधिको छनोट सर्वसहमतिले भएको छ।
अनेरास्ववियुको नीति तथा विधान सन्दर्भमा असोज १ र २ गते काठमाडौंमा देशभरका ८६० प्रतिनिधिको उपस्थितिमा विधान महाधिवेशन चलेको थियो।
महाधिवेशनलबाट आगामी एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) निर्वाचित हुनेछन्। करिब सात वर्षपछि अनेरास्ववियुको महाधिवेशन सम्पन्न हुन गइरहेको हो।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

